औपचारिक रुपमा निधि संस्थापन टिमबाट आउट

काठमाडौं । विमलेन्द्र निधि संस्थापन टिमबाट औपचारिक रुपमा ‘आउट’ भएका छन् । 

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका निधिलाई देउवाले महाधिवेशनमा आफ्नो पक्षको प्यानलको बैठकमा नबोलाएसँगै उनी सो संस्थापन समूहबाट आउट भएका हुन् । 

निधिले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि यसअघि देउवाले आफ्नो पक्षको बैठकमा उनलाई बोलाउने गरेका थिए ।

देउवाले पार्टीको महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.