काठमाडौं । नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरुबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सफलतापूर्वक सम्पन्न गरेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुभारम्भ भएको सो सम्मेलन यतिखेर हायत होटेलमा जारी छ ।
परराष्ट्रमन्त्री नारायण खड्काका अनुसार २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाई बाँड्न सम्मेलन आयोजना गरिएको हो ।
सो सम्मेलनमा भारत, अमेरिका, चीनसहितका राजदूत सहभागी छन् ।