काठमाडौं । रामचन्द्र पौडेल समूहमा आबद्ध नेताको बैठकले साझा सभापतिको उम्मेदवार छान्ने जिम्मेवारी रामचन्द्र पौडेल र शशांक कोइरालाले लिनुपर्ने बताएका छन् ।
बुधबार रामचन्द्र पौडेल समूहका नेताहरूको बैठकले सो निष्कर्ष निकालेको हो ।
बुधबार बसेको सो बैठकमा केन्द्रीय सदस्य, नवनिर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्वसभापति सहभागी थिए ।
बैठकमा शेखर र प्रकाशमानका गृह जिल्लाका सभापतिले आ-आफ्ना नेता नेता नै सभापतिको नेतृत्वका लागि उठ्नुपर्ने बताएका छन् ।
१४ महाधिवेशनका लागि पौडेल समूहले साझ उम्मेदवार चयन गर्न सकेको छैन । तर, शेरबहादुर देउवाले आजै पदाधिकारीको टुंगो लगाउने गरी अघि बढेका छन् । त्यसैगरी, लामो समयदेखि देउवा खेमामा रहेका निधिलाई देउवाले आफ्नो प्यानलको बैठकमा बोलाएका छैनन् । र, सहकार्यको प्रस्ताव पनि गरेका छैनन् । बरु, देउवा सिटौलालाई आफ्नो गुटमा आबद्ध गराउन प्रयासरत छन् । सिटौलाले जिल्ला अधिवेशनका क्रममा दुई जिल्लामा मात्रै आफ्नो पहुँच स्थापित गराउन सफल भएको छ ।