भारतीय सेना प्रमुख विपिन चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटना भएको हो । 

उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार भएको बताइएको छ । दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । 

दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन । सो हेलिकोप्टरमा रावतसहित १४ जना सवार थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.