बंगलादेश र नेपालबीचको खेल जारी, राष्ट्रिय टोलीबाट सविताको डेब्यु गोल
सविता राना मगरले राष्ट्रिय टोलीबाट डेब्यु गोल गरेकी छिन् ।

काठमाडौं ।   सविता राना मगरले राष्ट्रिय टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो मैत्रीपूर्ण खेलको १४ मिनेटमा युवा खेलाडी सविताले डेब्यु गोल गरेकी हुन् ।

सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंकर विमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । सविता यू–१९ टोलीको सदस्य समेत हुन् ।

प्रशिक्षक फिलिप्स ग्यारीले सविता सङै प्रिती राईले डेब्यु गराएका छन् ।

नेपाली टिम

गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा

डिफेण्डरः हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना

मिडफिल्डरः सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी

स्ट्राइकरः सरु लिम्बु

© 2021 Quicknepal.com  |  All Rights Reserved.