काठमाडौं । साताको चौथो दिन बुधबार(आज) थप २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार १ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ५५ जना र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी सो संख्या थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणले ६ जनाकाे ज्यान गएकाे छ भने कोरोना संक्रमण मुक्त हुने ३ सय ६६ जना रहेको छ ।