गठबन्धनले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्ने कानुन बन्न दिएन : पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको बताएका छन् । 

बुधबार पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियू महिला विभागद्वारा आयोजित कार्यक्रमलाई संबोधनका क्रममा उनले सो बताएका हुन् । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले महिला हिंसा हुन नदिनका लागि विद्यार्थी संगठनहरुले सरकारलाई दवाव दिनुपर्ने आवश्यक्तासमेत औंल्याए । उनले महिला हिंसा अन्त्यका लागि राजनीतिक अभियाननै संचालन गर्नुपर्ने भन्दै त्यसका लागि अनेरास्ववियूले सामाजिक जागरण अभियान संचालन गर्नुपर्ने बताए ।

वरिष्ठ नेता पोखरेलले भने,‘एसिड आक्रमण गर्नेहरुमाथि सजाय गर्नुपर्छ भनेर त्यो एउटा गम्भिर अपराधको रुपमा लिनुपर्छ र दण्डित गर्नुपर्छ भनेर हामीले संसद नचलेको बेला अध्यादेश ल्यायौँ । अनि यो गठबन्धनकारीहरुले के गर्‍यो भन्दा त्यो अध्यादेशलाई प्रस्तुत गर्नसमेत दिएन । जसले गर्दा यो एसिड आक्रमणमा परेका पीडितहरुको न्याय पाउने कुरालाई कसरी अवरोध सृजना गरियो । अनेरास्ववियूले यसलाई सामाजिक, राजनीतिक अभियानको रुपमा अघि बढाउनु पर्छ । त्यसका लागि सरकारलाई दवाव दिन सक्नुपर्छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.