काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् ।
बिहीबार सहमहामन्त्री महामन्त्री डा. प्रकाशहरण महतको विमोचनका क्रममा देउवाले सो बताएका हुन् । यद्यपि देउवाले यसो बताइरहँदा कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्षबाट सभापतिका आकांक्षी देखिएका छन् ।
उनी स्वयं पदाधिकारी व्यवस्थामा सकसमा परिरहेका छन् भने पौडेल पक्षमा सभापतिका आकांक्षी धेरै हुँदा सभापतिको उम्मेदवार को भन्ने टुंगो लाग्न सकेको अवस्था छैन ।
सो क्रममा उनले भने, ‘हामी सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जानेछौँ ,’उनले भने ‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जितहार हुन्छ । हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस् ।’