लमजुङमा जिप दुर्घटना हुँदा, ३ जनाको मृत्यु

काठमाडौँ । जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना भएको हो ।

ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गापा–२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ ।

अहिले स्थानीयहरूले घाइतेहरूको उद्वार गरी अस्पतालतर्फ पठाउँदै गरेको बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.