केही राजनीतिक दल न्यायालय विवादमा छद्मयुद्ध लडिरहेका छन् : ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपसचिव प्रदीप ज्ञवालीले केही राजनीतिक दल न्यायाल विवादमा छद्मयुद्ध लडिरहेको बताएका छन् । बिहीबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

न्यायालय सुद्धीकरणको पक्षमा नेकपा एमाले रहेको बताउँदै ज्ञवालीले अमुक पार्टीले छद्यम रुपमा राजनीतिक दल गुटगत रुपमा प्रस्तुत भइरहेका बेला एमाले त्यसमा नमुछिने बताए । 

सर्वोच्च अदालतमा नेकपा मा‌ओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग जोडिएका मुद्दा छन् । 

यही कातिक १५ गते माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग जोडिएका मुद्दाको सुनुवाइ हुने दिन थियो । यद्यपि अदालतले सो मुद्दालाई अहिले पनि हेर्दाहेर्दैमा राखेको छ । 

सो क्रममा उनले अहिलेको न्यायालयमा देखिएको विवाद जेठ २८ सँग जोडिएको बताए ।  

सो क्रममा उनले नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गरे । 

‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला’ उनले भने, ‘कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला । अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला ।’

अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरुले छद्मयुद्ध लडेको पनि ज्ञवालीले बताए । अहिलेको आन्दोलनबाट न्यायालय सुधार नहुने उनको भनाइ छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.