कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट राजनीतिक, आर्थिकलगायत प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

सानेपास्थित पार्टी मुख्यालयमा बसेको कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित गरेको हो ।

बैठकमा पूर्णबहादुर खड्काले सांगठानिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदन केही रायसहित पारित भएको छ।त्यस्तै कोषाध्यक्षका तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेस भएर पारित भएको छ ।

प्रतिवेदनअनुसार कांग्रेससँग हालसम्म १० करोडभन्दा बढी रकम कोषमा संचित रहेको उल्लेख गरिएको बताइएको छ । नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेस भएर पारित भएको छ।

यद्यपि पौडेल समूह र सिंह सो बैठकमा अनुपस्थिति थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.