यस्तो छ, प्रतिनिधिसभा बैठकको कार्यसूची
नवौँ अधिवेशन बुधबार सुरु भएको थियो ।

काठमाडौं । प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजनलगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।

नवौँ अधिवेशन बुधबार सुरु भएको थियो । नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.