काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको व्यवस्थापनलाई लिएर प्रश्न उठाएका छन् ।
समयमा तयारी नभएको बताउँदै पौडेलले प्रतिपक्षी दल नेकपा एमालेले चितवनमा गरेको महाधिवेशनसँग तुलना गर्दै १४औँ महाधिवेशनप्रति प्रश्न उठाएका हुन् ।
उनले सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै उनले आफ्नो मूल्यांकन गर्नुपर्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाप्रति इंगित गर्दै उनले नेतृत्व र कार्यकर्ताको हैसियत छुट्याउनुपर्ने बताए । उनले अहिले नेपाली कांग्रेसको गति रोकिएको बताउँदै नेपाली कांग्रेसले समाजमा रहेका निमुखाले न्याय नपाएको बताए।
पहुँच हुनेले मात्रै न्याय पाएको बताउँदै त्यो प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।
लोकतन्त्रको अभिभार कांग्रेसकै काँधमा रहेको बताउँदै कम्युनिस्ट सरकारले संविधान लत्याएर विधिको शासनमाथि लत्याएको बताए ।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएको कुरा आएको बताउँदै त्यसो नभई नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूले दमौलीबाट अभियान चलाएको बताए ।
अध्यक्ष प्रचण्डको भनाइप्रति लक्षित गर्दै पौडेलले सो बताएका हुन् ।
उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसबाट मात्रै देशको विकास सम्भव हुने बताएका छन् ।
देशमा सबै शक्तिले शासन गरेको स्मरण गर्दै नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् ।
यसअघि देउवा खेमामा रहेका निधि १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा निधि देउवाबाट अलग्गिएर आफैँ सभापतिका उम्मेद्वार बनेका छन् ।
लामो समयसम्म देउवाको समिपमा रहेर काम गरेका निधिले अब के गर्लान् भनी प्रश्न उठेको छ । यद्यपि शुक्रबार पौडेल समूहमा सभापतिका आकांक्षीबीच सहमति नजुटेपछि निधिले पौडेललाई सहयोग गर्नसक्ने संकेत गरे ।
सो संकेतसँगै उनलाई पौडेल खेमाका नेताको रुपमा हेरिएको छ ।