काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन हिजोदेखि भृकुटीमण्डपमा सुरु भएको छ । यो महाधिवेशनको उद्घाटन सत्रमा सहभागीको संख्या ज्यादै थेरै देखिएको छ ।
सदस्य संख्याका हिसाबले कांग्रेस देशको सबैभन्दा ठूलो दल हो । संसदमा पनि अहिले कांग्रेसको उपस्थिति बलियो छ । कांग्रेस दोस्रो ठूलो दलको रुपमा छ ।
कांग्रेसको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनमा सहाभागीको संख्या भने थेरै देखिएको छ । थेरै यस कारणले भनिएको छ कि नेकपा एमालेले चितवनमा गरेको १० महाधिवेशनमा जतिको सहभागिता कांगे्रसको महाधिवेशनमा देखिएन् ।
आखिर किन कांग्रेसको महाधिवेशनमा सहभागी थेरै देखिए ? यसको पछाडि अनेक कारण रहेको छ ।
शरेबहादुर देउवा यो महाधिवेशन चाँडो सम्पन्न गर्न चाहन्छन् । यसको कारण दुई वटा रहेको छ ।
पहिलो कारण हो, देउवाले संसदमा एमसीसीबारे लोकतान्त्रिक अभ्यास हुनुभन्दा अगाडि नै महाधिवेशन सम्पन्न गर्न चाहनु । संसदको १० औँ अधिवेशन मंसिर २८ गते २ बजेलाई बोलाइएको छ । यो अधिवेशनमा एमसीसीबारे एक निर्णय लिने पर्ने बाध्यतामा छ सरकार ।
किनभने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले डिसेम्बर १४ अघि नै एमसीसीबारे निर्णय लिन नेपाली नेताहरुलाई सुझाइ सकेको छन् । उनले प्रधानमन्त्री शेरबहादुर
देउवा तथा गठबन्धनका शीर्ष नेता प्रचण्डलाई भेटेर डिसेम्बर १४ भित्र कुनै निर्णय नभए फिर्ता लैजाने विषय उनेको भ्रमणका क्रममा सुनाएका छन् ।
एमसीसीबारे लोकतान्त्रिक अभ्यास गर्नु पूर्व नै देउवा सभापति हुन चाहन्छन् । नत्र उनको सभापति हुने चाहनामा ठेस लाग्न सक्छ । एमसीसी पछिको नेपालको माहोलले पनि उनको सम्भावनालाई कमजोर बनाउन सक्ने देखिएको हो ।
दोस्रो कारण देउवा प्रधानमन्त्री रहँदा नै महाधिवेशन सम्पन्न गर्न चाहन्छन् । उनलाई प्रधानमन्त्री रहदै महाधिवेशन सम्पन्न गर्दा राजनीतिक लाभ छ । उनले सत्ताको दुरुपयोग गरेर नेताहरुलाई प्रभाव पार्न सक्ने हुन्छ । राजनीतिक नियुक्तिको प्रलोभन देखाउने सुविधा उनलाई हुन्छ ।
प्रधानमन्त्रीले पार्टी राजनीतिमा सत्ताको दुरुपयोग गरेको प्रसंगले भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धिविरुद्ध अदालतले सुनुवाइ नै गरेको थियो । यस्तो बलियो अदालत वा न्यायालय हाम्रोमा नभएकाले यहाँको लोकतन्त्र कमजोर हुन गएको हो । कमजोर लोकतन्त्रको फाइदा देउवालाई हुने देखिन्छ । त्यसैले पनि उनले भृकुटीमण्डप नभरेर नै हतारमा महाधिवेशन सम्पन्न गर्न खोजेको देखिन्छ ।