दशौँ महाधिवेशनले तीन मनोविज्ञानको भावनात्मक एकता गर्‍यो : एमाले

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीभित्रका तीनथरि मनोविज्ञानको भावनात्मक एकता गरेको निष्कर्ष निकालेको छ ।

शनिबारबाट सुरु केन्द्रीय कमिटी बैठकमा प्रस्तुत समीक्षा प्रतिवेदनमा महाधिवेशनबाट अब एमालेमा फरक गुट र विचार नरहेको उल्लेख छ । साथै सो प्रतिवेदनमा पार्टीभित्रका विभिन्न मनोविज्ञानलाई संक्षिप्त चित्रण गरिएको छ ।

त्यसैगरी, सो प्रतिवेदनमा नेकपा एकताका क्रममा समावेश भएको माओवादी धार,नेकपा विभाजनका बेला शुरुदेखि नै नेतृत्वको पक्षमा गोलबन्द भएको मूलधार र १० बुँदे सहमतिपछि क्रियाशील मनोविज्ञानलाई भावनात्मक रुपमा एकताबद्ध गर्दै थप सुदृढ बनाएको उल्लेख छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.