काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा रामचन्द्र पौडेल भेट्न बोहोराटार पुगेको खुलेको छ ।
पार्टी सभापतिको रेसबाट ब्याक भएका पौडेललाई भेट्न देउवा मध्यरातमा बोहोराटार पुगेका थिए । भेटमा देउवाले पौडेललाई देशलाई तपाईंको आवश्यकता अझै रहेको बताउँदै राजनीतिबाट नअलग्गिन अनुरोध गरे ।
सो क्रममा सभापति देउवाले भने, ‘राष्ट्रका लागि तपाईंको खाँचो छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस्, स्वास्थ्यको ख्याल राख्नूस्,’
सोको जवाफमा पौडेलले पार्टीको महाधिवेशनमा आफ्नो सिद्धान्तविपरीत अस्वस्थ प्रतिस्पर्धा हुन थालेकाले प्रक्रियाबाट बाहिरिएको प्रतिक्रिया दिँदै भने, ‘कांग्रेसलाई कांग्रेसजस्तो बनाउनूस् ।’
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं राष्ट्रिय महाधिवेशनका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेका छन् ।