देउवाले बनाए ओलीलाई भोट माग्ने ब्राण्ड

 

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ब्राण्ड पात्रको रुपमा प्रस्तुत गरेका छन् । 

१४ औँ महाधिवेशनको क्रममा आइतबार आदिवासी जनजातिद्वारा गरिएको एक कार्यक्रममा सभापति देउवाले ओलीलाई आफ्नो पक्षमा मत माग्ने पात्रको रुपमा प्रस्तुत गरेका हुन् । 

सो कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले भने, ‘तपाईंहरुलाई थाहै छ । अस्ति ओली हुँदा कस्तो थियो तपाईंहरुलाई थाहै छ ।'

त्यसैगरी, देउवाले यसअघि महाधिवेशन उद्घाटनका क्रममा पनि देउवाले ओलीलक्षित अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘ म प्रधानमन्त्री भएपछि मुलुकले शान्ति पाएको छ । ओलीबाट बचाएर देशलाई अघि ल्याएको छु । अब पालो पार्टीलाई बचाउने हो । ’

यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवा अदालतको परमादेशबाट बनेका प्रधानमन्त्री हुन् । तत्कालीन अवस्थामा  ओली अध्यक्ष रहेको नेकपा एमालेका वरिष्ठ नेतालगायतले देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षरसहित सर्वोच्च गएका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.