काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको अफर गरेका छन् । पौडेल आफ्ना पक्षका नेता शेखर कोइराला र प्रकाशमान सिंह दुबैले सभापतिमा उम्मेद्वारी दिएपछि असन्तुष्ट हुदै राजनीतिबाट सन्यास लिने बताउँदै घरमै बसिरहेका छन् ।
उनै पौडेललाई भेट्न प्रधानमन्त्री देउवा राति पौडेल निवास बोहोराटार पुगेका हुन् । पौडेल निवास पुगेर देउवाले पौडेललाई आफुलाई सभापतिमा भित्र–भित्र भोट मागिदिन अनुरोध गरेका थिए । कार्यक्रममा उपस्थित कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवाले पौडेललाई राष्ट्रपतिको अफर गरेका हुन् ।
तपाईकै साथीहरु सभापतिमा दुई जना भए । तपाईलाई समेत बेवास्ता गरे । अब म जितेपनि तपाईलाई राष्ट्रपति बनाउने हो । अब सभापतिमा चाहीँ मलाई भोट मागिदिनु पर्यो । देउवाको भनाई उदृत गर्दै उक्त केन्द्रीय सदस्यले क्विक नेपाललाई बताए ।
पौडेल पक्षबाटै दुई जना सभापतिमा देखिएपछि पौडेल कसैलाई सहयोग नगर्ने पक्षमा पुगेका थिए । शुरुमा दुबैलाई मनाएर आफु सभापतिको उम्मेद्वार हुने चाहना व्यक्त गरेका पौडेललाई प्रकाशमानसिंह र शेखर कोइरालाले नमानेपछि पौडेल असन्तुष्ट बनेका हुन् ।
पछि पौडेलले दुई मध्ये एक सभापतिमा रहन आग्रह समेत गरेका थिए । तर सिंह र कोईरालाले मानेका थिएनन् । दुबैले सभापतिमा उम्मेद्वारी दिए । त्यस लगतै संचारकर्मीको अगाडी भावुक हुँदै पौडेलले राजनीतिक दलदलबाट आफु टाढा रहने स्वेइच्छा प्रकट गरेका थिए ।
उनै कुरालाई सम्झाउन प्रधानमन्त्री देउवा बोहोराटार पुगेको बालुवाटार स्रोतको भनाई छ । तर देउवा राष्ट्रपतिको अफर लिएर पौडेलसँग भोट माग्न गएको उक्त केन्द्रीय सदस्यले बताए