काठमाडौं । साताको पहिलो दिन आज नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रति तोला ९२ हजार ५ सय तोकिएको छ । पछिललो साता छापावाल सुनको मुल्य ९२ हजार २ सयमा कारोबार भएको थियो । छापावाल सुनको मुल्य ३ सयले बृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मुल्य प्रति तोला ९२ हजारमा कारोबार भइरहेको छ भने शुक्रबार तेजाबी सुनको मुल्य प्रति तोला ९१ अजार ७ सयमा कारोबार भउको थियो ।
चाँदीको मुल्य पछिल्लो साताको तुलनामा सामन्या बृद्धि भएको छ त्यस्तै आज प्रति तोला १ हजार एक सय तोकिएको महासंघले जनाएको छ ।