काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा दलित क्लष्टरबाट केन्द्रिय सदस्यका लागि गोपाल विश्वर्माले उम्मेद्वारी दर्ता गराएका छन् । दलित समुदायको पिडालाई बुझेको हुँदा केन्द्रिय सदस्यका लागि आफू योग्य रहेको विश्वकर्मा बताउँछन् ।
आसन्न १४ औं महाधिवेशनमा ४० प्रतिशत युवा प्रतिनिधिको सहभागी रहेको विश्वकर्माको भनाई छ । ‘अबको काँग्रेस पार्टीको नेतृत्व युवा पुस्ताले चाहेको जस्तो हुन आवश्यक भएकोले दलित क्लष्टरबाट नेतृत्वका लागि म योग्य छु ।’ दलित समुदायमा व्याप्त गरिबि, अशिक्षा र अभावलाई नजिकबाट नियालेकोले पनि आफू योग्य रहेको उनको भनाई छ ।
दलित समुदायले चाहेको परिवर्तन आफूबाट सम्भव भएको हुँदा यस महाधिवेशनमा आफू केन्द्रिय सदस्यमा मनोनित हुने उनको विश्वास छ ।
काँग्रेसको १४ औं महाधिवेशनमा फरक फरक समुहले गुट बनाएर उम्मेद्वारी दर्ता गरेका छन् । ‘विचार मिल्ने पार्टीसँग पार्टी एकता गरेझैं मन मिल्ने साथीसँग एउटै टिममा बसेर चुवान लड्ने तयारी गरेको हो । यसलाई गुट उपगुट भन्न मिल्दैन ।’
विश्वकर्माले प्रकाशमान सिंहको समुहबाट केन्द्रिय सदस्यमा दलित क्लष्टरबाट उम्मेद्वारी दिएका छन् ।