एमालेले थप्यो १० प्रतिशत केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं ।  नेकपा एमाले केन्द्रीय कमिटी बैठकले ४४ जना केन्द्रीय सदस्य थप्ने प्रस्तावलाई पारित गरेको छ । 

विधानबमोजिम अध्यक्ष ओलीले १० प्रतिशत सदस्य  मनोनीत गर्ने प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले पारित गरेको हो । 

एमाले केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाई, दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र ​विषमलाल अधिकारी  छन् ।

त्यस्तै महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की मनोनित भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.