काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवाका लागि भोटिङ गर्न आह्वान गरेका छन् ।
आफ्नो प्यानललाई संबोधन गर्ने क्रममा देउवालाई भोटिङ गर्नुपर्ने कारणसहित उनले देउवाका लागि भोटिङ गर्न आह्वान गरेका हुन् ।
आफ्नो प्यानलको कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘सभापतिमा हारेको प्रधानमन्त्रीले पार्टीलाई उत्साहका साथ निर्वाचनमा लान सक्दैन । तसर्थ देउवालाई जिताउनैपर्ने बाध्यता छ।’
सो क्रममा उनले देउवाको विजयले मात्रै कांग्रेसलाई एकताबद्ध बनाउन सक्ने बताए । 'देउवाजीको विजयले मात्रै कांग्रेसमा एकता कायम रहन्छ । भोलि चुनावमा जाँदा पनि अप्ठ्यारो पनि हुँदैन,' उनले भने।