काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ६८२ नमुना परिक्षणमध्ये ६ हजार २६८ आरटी पिसिआर र २ हजार ४१४ जनामा एन्टिजेन परिक्षण गरिएको थियो । जसमध्ये २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
साथै सोही समय कोरोना कारण १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५५४ जना पुगेको छ ।
आज थपिएका संक्रमित सहित नेपालमा हाल ५ हजार ८९० जना सक्रिया कोरोना संक्रमित रहेका छन् ।