प्रचण्डको अभिव्यक्तिमा विवेकशीलको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट (माओवादी) पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारबारे दिएको अभिव्यक्तिमा विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ ।

पूँजी बजारलाई साम्राज्यवादको विकसित रुप भएकोले यसबारे छानबिन गर्न जरुरी रहेको प्रचण्डको भनाई थियो । उनको यस अभिव्यक्तिलाई विवेकशील पार्टीले गैह्र जिम्मेवारीपू्र्ण र अनुत्तरदायी भनाई भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

‘पुँजी बजारको विषयमा वामपन्थी अझ खास गरि माओवादी पृष्ठभूमिका नेताहरुबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ ।’ विज्ञप्तिमा लेखिएको छ, ‘विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालीसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालय समेतको नेतृत्व गरेको पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले हालै धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रुप भनी दिनुभएको अभिव्यक्ति पूर्णत गैह्र जिम्मेवारीपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ ।’

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.