काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समय कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३९२ आरटी पिसिआर र ४ हजार ३१७ एन्टिजेन गरि कुल १३ हजार ७०९ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५५९ जनाको मृत्यु भइसकेको छ ।
आज थपिएका संक्रमितसँगै नेपालमा हाल ५ हजार ६८९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।