काठमाडौं । गायक प्रभावन जे र गायिका रोजिना बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘सालघारीमा’ को भिडियो सार्वजनिक गरिएको छ । माधब थापाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन प्रभावन जे को रहेको छ । एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको गीतमा रेकर्डिस्ट कर्ण सन्ज्याल र मिक्सिंग तथा मास्टरिङ्ग मनोज परियारको रहेको छ । माया प्रेम र वियोगान्त भाव बोकेको भिडियोले एक जोडी प्रेमीको कथा बोल्छ।
शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा निक्स शर्मा र उषा सुबेदीको अभिनय देख्न पाइन्छ । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् । भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।