थप २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ९ हजार २ सय १२ जनाको पिसिआर परीक्षण र २ हजार ७ सय ८२ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ८० कोरोना संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३ सय जना कोरोना मुक्त भइ फर्केका छन् ।

हाल नेपालमा ५ हजार ६ सय ३५ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.