काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बनेका प्रकाशमान सिंहले दोश्रो चरणको निर्वाचनमा भन्ने खुलेरै प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट मागेका थिए ।
पहिलो चरणको निर्वाचनमा संस्थापनइतरले निर्वाचन जित्ने दावी गरेका सिंहले यदि पहिलो चरणमा संस्थापनइतरले निर्वाचन जित्न नसकेमा दोश्रो चरणमा सबै मिलेर देउवालाई हराउने आफ्नो धारणा राखेका थिए ।
दोश्रो चरणको निर्वाचनको मुखमा सिंहले एक्कासी देउवालाई समर्थन गर्ने बताउँदै भोट मागेका थिए । जसको कारण अहिले खुलेको छ । एक मिडियामा आफ्नो धारणा राख्ने क्रममा नेता सिंहले आफुलाई प्रधानमन्त्री बनाउँछु भनेपछि देउवालाई सहयोग गरेको खुलासा गरेका छन् ।
प्रधानमन्त्री देउवाले निर्वाचनका लागि आफुले प्रधानमन्त्री सिंहलाई दिने सम्झौता भएपछी सहयोग गरेको खुलाएका छन् । आफु निकट कार्यकर्ताहरुले सिंहलाई गालि गर्न थालेपछि गालीबाट बच्नको लागि उक्त धारणा राखेका हुन् कि साचिकै प्रधानमन्त्री देउवासँग सम्झौता भएको हो त्यो भने औपचारिक रुपमा प्रष्ट भएको छैन ।
प्रधानमन्त्री देउवाले भने यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । नेता सिंहले आफूले तत्कालै सरकारमा सहभागिताको अवसर पाउने, विधान संशोधन गरेर सुजातालाई उपसभापति बनाउने र अन्य धेरै अवसरहरू बाँडफाँड गर्ने र आगामी निर्वाचनपछि देउवाले नै प्रस्ताव गरेर प्रधानमन्त्री बनाउने आश्वासन दिएको दावी गरेका हुन् ।