काठमाडौं । मनकाममनाको केबलकार आउने पुष ४ देखि ७ गते सम्मको लागि बन्द रहने भएको छ ।
केबलकारको गेयर बक्स र टावरको मर्मत गर्नु पर्ने भएकाले चार दिन सम्म सेवा अवरोध रहने मनकामना केबलकार कम्पनीले जनाएको छ । अष्ट्रियाका प्रंविधिक कम्पनीले केबलकारको स्तरउन्नतीको लागि अनुगमन गरिरहेको कम्पनीले जनाएको छ ।
मनकामनाको केबलकार बन्द भए पनि त्याँहका होटेल र रेष्टुरेण्टहरु सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।