नेपाली नक्कली रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं । रौताहट, परोहा न.पा– ८ नरकटाकियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेको छ ।

नक्कली रुपैयाँसहित बुधबार दिउँसो दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जसवाल र सोहि ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् ।

प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीले बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त्त नक्कली रुपैयाँ बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.