आज थप १ सय ६० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ७ हजार २ सय ३० जनाको पिसिआर परीक्षण र ३ हजार ७ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ८० जना कोरोना संक्रमित थपिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउको छ ।

त्यस्तै, २ सय ६७ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने कोराना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल सक्रिया कोरोना संक्रमितको संख्या ५ हजार ५ सय २६ जना रहेको मन्त्रालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.