'कांग्रेसको गगनमा प्रकाश प्रारम्भ'

काठमाडौँ ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री पदमा संस्थापनइतर समूह विजयी भएको भएको छ । मतगणनाअनुसार गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका हुन् ।

महामन्त्रीमा शेखर कोइराला प्यानलमा गगन थापा र मिनेन्द्र रिजाल थिए । रिजालले आफ्नो पक्षमा मत कम आएको भन्दै राजीनामा दिएका छन् ।

राजीनामाबारे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मैले प्रतिष्पर्धा गरेको पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्नीसमक्ष राजीनामा पेश गर्नेछु ।’

महामन्त्रीका लागि देउवा प्यानलबाट प्रदिप पौडेल र प्रकाशशरण महत, शेखरबाट गगन थापा र मिनेन्द्र रिजाल प्रकाशमानबाट प्रदिप पौडेल र विमिलेन्द्र निधिबाट राजाराम कार्की प्रर्तिस्प्रर्धामा थिए ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमेलेन्द्र निधि र कल्याण गुरुङ प्रतिष्पर्धामा थिए । पहिलो चरणमा देउवाले ५० प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा नेतृत्व फेर्ने भनेका प्रकाशमान र निधिले नै संस्थापन पक्षलाई समर्थन गरेपछि शेखर कोइरला पराजित भएका हुन् ।

उपसभापतिमा विजय गच्छदारसँगै पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्येश्वरी शाह चुनावी मैदानमा थिए । गच्छदार र खड्का संस्थापनबाट उम्मेदवार बन्दा भण्डारी र गुरुङ संस्थापनइतर शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

प्रकाशमान सिंहको समूहबाट सुजाता कोइराला र विमलेन्द्र निधिको प्यानलबाट शाह उपसभापतिका लागि प्रतिस्पर्धामा थिए । यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा महेश आचार्य पनि उपसभापतिको दौडमा सहभागी भएका थिए ।

त्यसमा पुर्णबहादुर खड्का र धनराज गुरुङ विजय भए । गच्छादार दुईमतले गुरुङसँग पारजित भएका हुन् । गुरुङ शेखर प्यानलाका हुन भने खड्का देउवा पक्षका हुन् ।

अहिलेसम्मको सभापति, उपसभापति र महामन्त्रीको मतपरिणाम हेर्दा संस्थापन पक्षले सभापतिमा मात्र जित हात पारेको छ । सभापतिमा पनि त्यत्ति सजिलै जित हात पारेको भने होइन । युवा पुस्ताको खोजी गर्ने र नेतृत्व परिर्वतन चाहनेले नै रातारात पदीय लोभमा फसेर विचार परिर्वतन गरेका थिए । र, सस्थापन पक्षले जित हात पारेको थियो ।

महामन्त्रीमा भने मतदाता वा प्रनिधिमा युवा पुस्ताको खाँचो परेको महशुस गरेको प्रष्ट देखिएको छ । सभापतिमा देउवालाई मत दिएका मतदाताहरुले महामन्त्रीमा भने युवा पुस्ता र नेतृत्व परिर्वतन गर्न सक्ने नेताहरुलाई नै मत हालेको देखियो ।

कांग्रेसको १४ औं महाधिवेशनमा युवा पुस्ताको नै खोजी भएको गगन थापाको मतपरिणाम हेर्दा छर्लङग हुन्छ । तर यहाँ गगन थापालाई बहुमत हाल्ने मतदाताले किन उनकै प्यानलका सभापति शेखर कोइरलाई मत हालेनन् ? गहकिलो रुपमा प्रश्न उठेको छ ।

यस महामन्त्रीको मत परिणामसँगै १४ औं महाधिवेशनमा नै संस्थापन पक्ष कमजोर भएको देखिन्छ । सभापति बाहेकका अन्य पदमा सस्थापन इतर पक्ष वा युवा पुस्ता नै हाबी हुने देखिन्छ ।

सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मत गणना हुन र मत परिणाम आउन भने बाँकी नै छ । त्यही पनि सभापति उपसभापति र महामन्त्रीको मतपरिणाम हेर्दा संस्थापन पक्ष कमजोर भएको प्रष्ट हुन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.