एजेन्सी । ब्रिटेनको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको ड्रोन खसालिदिएको छ।
झण्डै ४० वर्षअघिको फोल्कल्याण्ड युद्धयता पहिलोपटक ब्रिटिश सेनाले शत्रुको विमानलाई निशाना बनाएको हो।
ब्रिटेनको रक्षा मन्त्रालय का अनुसार ३ दिनअघि खसालिएको उक्त ड्रोनले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन सैनिकहरूलाई जोखिम उत्पन्न गराएको थियो ।