काठमाडौं । नेपाली कांग्रेस सभापतिमा पराजित डा. शेखर कोइरालाले अपवित्र गठजोडमा बाबजुट आफूहरुले राजनीति जितेको बताएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोइरालाले सो बताएका हुन् ।
शेरबहादुर देउवासँगको मात्र प्रतिस्पर्धा नभइ पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्ति र गलत संस्कारको विरुद्धको रुपान्तरण र परिवर्तनको लडाइँमा आफूहरूलाई सहज नभएको कोइरालालाद्वारा जरी विज्ञप्तिमा उल्लेख छ ।