काठमाडौं । काठमाडौं उपत्यकामा आउँदो आइतबार नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ । बिहिबार बसेको मन्त्रिपरिसद्को बैठकले सो निर्णय गरेको हो ।
उक्त बेठकले आइतबार उद्यौली पर्व, यौमरी पुन्ही–ज्यापु दिवसको अवसरमा देशभर सम्बन्धीत समुदायका लागि बिदा र उपत्यकामा सार्वजनिक बिदा दिने बिज्ञाप्ती जारी गरेको छ ।