काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भएका छन् ।
सहमहामन्त्री पदको मतगणनामा राठौरले देवराज चालिसेलाई पछि पार्दै विजयी हाँसिल गरेका हुन् । शुक्रबार भएको मतगणनामा राठौरको पक्षमा दुई हजार ५७६ मत र चालिसेलेको पक्षमा दुई हजार ५५९ मत खसेको थियो ।
सहमहामन्त्रीमा विजयी भएका राठौर देउवा पक्षबाट उठेका थिए भने चालिसेले कोइराला पक्षबाट उम्मेद्वारी दिएका हुन् ।