कालिकोट । कालिकोटमा आगलागीमा परेर घाइते भएकी एक महिलाको उपचारका लागि लैजाँने क्रममा बाटोमै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते भएकी रास्कोट–९ का रामसरा बुढाको उपचारका लागी सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान मृत्यु भएको हो ।
उनको आगलागीबाट टाउको र खुट्टा जलेको थियो, स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले बताए । शुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा कसैले आगलागी गर्दा त्यसमा परेर बुढा घाइते भएको समेत उनले जानकारी दिए ।