काठमाडौं । (नेकपा एमाले) ले डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद सदस्यमा चयन गरिएको छ । रावल पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार थिए ।
पार्टी भित्रको गुटका कारण रावल जिम्मेवारविहीन रहेका थिए । अध्यक्षको उम्मेदवार भएकाले पनि केन्द्रीय सदस्य उम्मेदवारबन्न पाउने पार्टीको व्यवस्थामा उल्लेख भएपनि रावलले चासो देखाएनन । त्यस पछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताए ।
उनलाई थप जिम्मेवारी दिने विषयमा केपि ओली संग छलफल गरेर जिम्मेवारी थप गर्ने उनले स्पस्ट पारे ।पार्टीको गत मङ्सिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले अमृत कुमार बोहोरालाई पार्टीको सल्लाहकारमा चयन गरिएको थियो ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय कमिटीको बैठकको निर्णयले रावलकोल पनि जिम्मेवारी परेको जनाइएको छ ।अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन ।