काठमाडौं । अमेरिकाले अब नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्न सक्ने खतराको संकेत गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको केन्द्र विन्दु बन्न सक्ने र जोखिकको विन्दु हुन सक्ने औंल्याइएको छ ।
यस्तो संकेत गर्नुमा नेपालको भारतसंंगको खुल्ला सिमाना मुख्य कारण बताइएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था प्रयाप्त नभएका कारण त्यसता खतरा देखा पर्ने अमेरिकाले उल्लेख गरेको छ ।
अमेरिकाले सन २०१८ को प्रतिवेदनमा नेपाल आतंकवादीको एक मुख्य केन्द् मानेको थियो । तर वर्तमान प्रतिवेदन अनुसार नेपाल आतंककारीको जोखिममा पर्नसक्ने खतरा औल्याएको छ ।
अमेरिकाको अघिल्लो प्रतिवेदन सन २०१५ देखि सन २०१८सम्मको आंकडामा नेपाल आतंककारीको मूख्य केन्द्र भएको र अहिले खतरामात्र बढेको जनाएको छ । यसो हुनुमा भारतसँग नेपालको खुल्ला सीमाना रहेको अमेरिकाले दावी गरेको छ । यस्तो प्रतिवेदन अमेरिकी एक विदेश मन्त्रालयले निकालेको हो । सन् २०२० मा नेपालमा अमेरिका विरुद्ध कुनै पनि आतंकवादी क्रियाकलाप नभएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपालको आफ्नै खाले परिभाषा नरहेको भन्दै अमेरिकाले प्रतिवेदनमा मध्यपूर्वमा देखिएको आतंकवादी गतिविधिको असर नेपालमा समेत पर्न सक्ने जोखिम देखाएको छ ।
पहिला नेत्र विक्रम चन्द विप्लव हिंसामा रहेको र अहिले शान्ति प्रक्रिया गरेर समझदारीमा आएकाले अहिले अमेरिकाले यस पटक पूर्व आतंकवादीलाई पूर्व हिंसात्मक अतिवादी भनेर सम्बोधन गरेको छ ।