काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली (आइतबार) ४ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए ।
आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको हो ।
बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको गतिविधि र अमेरिकी परियोजना एमसीसी लगायतका विषयमा छदफल तय भएको छ ।