काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशन बन्द सत्र स्थगित भएको छ । विवादका कारण शनीवार सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र स्थगित गरिएको हो ।
माओवादी केन्द्र प्रदेश न. २ का अध्यक्ष प्रहाद बुढाथोकीका अनुसारअधिवेशन प्रतिनिधि छनोटमा विवाद आएपछि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । प्राय जिल्लाबाट तोकिएको भन्दा बढी प्रतिनिधि आएपछि यस्तो विवाद देखिएको हो । विवाद समाधान नहुन्जेल सम्म भाली ११ बजेसम्मका लागि बन्दसत्र स्थगित हुनेछ ।
यस पटकको यो अधिवेशनबाट २४१ सदस्यीय २ न प्रदेश समिती बनाउने योजनामा जुटेको उनले बताए ।