सुर्खेत–बिजौरा ३३ केभी प्रसारणलाइनकाे काम अगाडि बढ्ने 

 काठमाडौं । सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइन अब अगाडि बढ्ने भएको छ । सङ्घीय सरकारको वन क्षेत्रको जग्गा उपयोगमा आउने भएपछि प्रसारण लाइन विस्तारमा आउने भएको हो ।

प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारणलाइन आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोजनका लागि स्वीकृत भएको छ  

प्रसारणलाइन निर्माण  र विस्तारका लागि वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाको १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गरिसकिएको छ  ।

अब विधुत प्रसारणका लागि अन्य कुनै पनि  समस्या आउने झन्झटबाट यस क्षेत्रका  वासिन्दाहरुले मुक्ति पाइसकेका छन ।

नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयले वीरेन्द्रनगरस्थित बुदबुदे सबस्टेशनबाट बाङ्गेसिमलसम्म निजी जग्गा पर्ने भएकाले स्थानीयवासीहरु सँगको सहमतिको आवश्यकता पर्ने बताइएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.