महेश्वरी इट्टा भट्टाको गाडीको ठक्करबाट २ बर्षे नाबालकको मृत्यु 

भक्तपुर । सुर्यविनायक नगरपालिका ८ भक्तपुरमा भट्टाको गाडीले ठक्कर दिँदा भट्टाका मजदुर चमार सिङ लामाको दुई वर्षिय नाबालक छोराको  मृत्यु भएको छ।  शुक्रबार दिउसो काभ्रेपलान्चोक, पाँचखाल नगरपालिकाका २६ बर्षीय राज लामाले चलाएको  बा २ का १४१ नम्बर को निसान गाडीले ठक्कर दिदा बालकको मृत्यु भएको हो।  

मृतकका बाबुआमाले शुक्रबा। नै महानगरीय प्रहरी बृत्त जगातीमा निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग गर्दै चालक सवारी धनि उपर कारबाही गरिपाउँ भनि निवेदन पेश गरेका छन्। काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपलिका ३ स्थायी घर भएका मृतकका बाबुआमा नाबालक बच्चा सहित १ महिना अघि रोजगारीको सिलसिलामा इट्टा भट्टा छिरेका थिए। ज्यालामजदुरीबाट गुजारा चलाउँदै आएका लामाको  बोलिदिने कोहि नहुँदा दोषी उपर कुनै कारबाही नभएको उनी बताउँछन् ।  

मृतकका बाबु चमार सिंह लामाका अनुसार अहिलेसम्म सरोकारवाला कोहि पनि छलफलका लागि आएका छैनन् ।  प्रहरी  कार्यालयभित्र गई यसबारे बुझ्न खोज्दा प्रहरीले जाहेरी दिनु भन्यो, जाहेरी दियो बाहिर गएर बस भन्यो । बाहिर बस्यो दिन भरि । बेलुकी अहिले घर जाउ भोलि साहु आउछ छलफल गरौला भनेर प्रहरीले हस्पिटलमा लास कुर्न पठायो ।  इट्टा भट्टामै काम गर्ने बस्ने भएकोले उनले अन्यत्र डेरा लिएका छैनन् । कहाँ गएर बस्ने ? कतिखेर कहाँ गएर के गर्ने समेत थाहा नभएको उनी बताउँछन् । 

घटनाको बारेमा महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरका प्रहरी प्रमुख प्रहरी डिएसी  राम बहादुर केसिका अनुसार पिडित र पीडक दुइ पक्षमा हुनुपर्ने छलफल भइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.