गुडविल फाइनान्सको १८ औं शाखा भैरहवामा 

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को शाखा विस्तार भएको छ ।  भैरहवामा मंगलवारदेखी गुडविलले १८ औं शाखा शुभारम्भ गरेको हो । सिद्धार्थनगर नगरपालिका–५ स्थित मैत्रीपथमा फाइनान्सको शाखा संचालनमा आएको गुडविलले जनाएको छ ।  

नेपाल राष्ट्रिय बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको संस्था गुडविल फाइनान्सको भैरहवामा शाखा शुभारम्भ भएसंगै रुपन्देहीमा दुईवटा शाखा भएका छन् । बुटवलमा पनि संस्थाको शाखा रहेको छ । संस्थामा एक रुपैयाँमा तलब खाता, १ सय रुपैयाँमा विद्यार्थीरज्येष्ठ नागरिकको लागि खाता खोल्न सकिने संस्थाका बुटवल शाखा प्रबन्धक दीपक चापागाईले बताए । 

२०५१ सालमा स्थापना भएको गुडविल फाइनान्स लिमिटेडको कर्पोरेट कार्यालय हात्तिसार, काठमाडौंमा छ । बैकिङ पहुँच नपुगेका नागरिकलाई बैंकसम्म पहुँच पुर्याउने संस्थाको उद्देश्य रहेको भैरहवा शाखा प्रबन्धक विशाल थापाले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.