काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठक सुरु भएको छ ।
सर्वदलीय बैठक बस्नुअघि एमसीसीलगायत विषयमा साझा धारणा बनाउन बोलाइएको बैठक ढिलो गरी सुरु भएको हो ।
यद्यपि सो बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने सहभागी भएका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको गठबन्धमा सहभागी हुन बालुवाटार पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बाहिरिएका छन् ।
आज दुई बजेका लागि बोलाइएको सो बैठकमा सहभागिताका लागि पुगेका उनी लागयत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायतले लामो समयसम्म पर्खिनु परेको थियो ।
आजै ४ बजे सर्वदलीय बैठक बोलाइएको छ। एमसीसीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक आव्हान गरेका हुन् ।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमले सो बैठकमा सहभागी नहुने बताइएको छ।