काठमाडौंको तापक्रममा हल्का सुधार

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्रीसेल्सियस मापन गरिएको छ । आइतबारको भन्दा ०.६ डिग्रीसेल्सियसले तापक्रममा सुधार आएको हो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्रीसेल्सियस मापन भएको थियो ।

ुअधिकतम तापक्रम दिउँसो मात्र थाहा हुन्छ । तर आज न्यूनत तापक्रममा हल्का सुधार आएको छ,‘मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले भनिन्, ‘यसको अर्थ अब तापक्रम घट्दैन भन्ने होइन । हिउँद गहिरिदै जाँदा चिसो अझ बढ्छ ।’

  काठमाडौंमा मंसिर दोस्रो सातादेखि चिसो बढ्न थालेको हो ।  देशभर चिसो बढेको छ । सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।

 तराईमा हुस्सुरकुहिरो लाग्ने गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । दिउँसो  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रहनेछ ।

मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना  छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.