काठमाडौं । नेकपा एमालेले कपिलवस्तुमा आज वडा अध्यक्षसहित ५ हजारभन्दा बढी पार्टी प्रवेश गर्ने बताएको छ।
सोमबार अध्यक्ष ओलीको उपस्थितिमा उल्लेखित संख्यामा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।
त्यसका लागि आज अध्यक्ष ओली सोतर्फ जाँदै छन् । साँझ सवा ५ बजे बजे अध्यक्ष ओली काठमाडौंबाट भैरहवा जाने कार्यक्रम छ।
जसपाका स्थानीय लोकप्रिय नेता मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडा अध्यक्ष लगायत ५ हजार जना एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको भट्टराईले बताए।