कांग्रेसमा नेतृत्व पुस्तान्तरण सुरु भयो: सहमहामन्त्री परियार

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले कांग्रेसमा पुस्तान्तरण सुरु भएको बताएका छन्।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् । 

उनले भने, ‘हाम्रो पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको छ । पदाधिकारीमा पनि आएको छ । केन्द्रीय सदस्यहरूमा पनि युवाहरु आउनुभएको छ । धेरै नयाँ अनुहार आएका छन् । अहिले पार्टीमा पुस्तान्तरणको युग सुरु भएको छ ।’

उनले पार्टीको विधानको संरचनाअनुसार नै ल्याउनैपर्ने नेताहरुलाई सभापति देउवाले केन्द्रीय कमिटीमा ल्याउने पनि उल्लेख गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.