काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेले कांग्रेसलाई एकलौटी सरकार सञ्चालन गर्न प्रस्ताव गरेको बताएका छन् ।
सोमबार समाजवादी प्रेस संगठनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् ।
अध्यक्ष दाहालले भने, ‘एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरेको छ ।’
साथै, सो क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि अवस्थामा गठबन्धनलाई तोड्ने पक्षमा आफू नरहेको जवाफ दिएको बताए ।
'एमालेले कांग्रेसलाई गठबन्धन तोडे एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको छ,' दाहालले भने, 'प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन टुटाउने पक्षमा छैनौँ भन्नु भएको छ ।'