काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पाँच हजार थप २२० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
साथै सोही अवधिमा २६३ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार सोही समयमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार १४१ जनामा कोरोना परीक्षण भएको थियो ।